‘नवोदित फुटसल कप–२०७९’ शुरु, १०७ टिम सहभागी
काठमाडौं, साउन ४ : ‘नवोदित फुटसल कप–२०७९’ शुरु भएको छ। नबोदित कलेज र नबोदित फुटसल क्लवको संयुक्त आयोजनामा ‘नवोदित फुटसल कप–२०७९’ शुरु भएको हो। प्रतियोगितामा...
काठमाडौं, साउन ४ : ‘नवोदित फुटसल कप–२०७९’ शुरु भएको छ। नबोदित कलेज र नबोदित फुटसल क्लवको संयुक्त आयोजनामा ‘नवोदित फुटसल कप–२०७९’ शुरु भएको हो।
प्रतियोगितामा विभिन्न विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा ९एसईई० दिएर बसेका १ सय ७ टिम सहभागीता रहने आयोजकले जनाएको छ। सहभागी टोलीलाई विभिन्न समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा प्रतियोगिता सञ्चालन गरिने छ।
प्रतियोगितामा पहिलो हुनेले टिमले २० हजार र दोश्रो हुने टिमले १० हजार सहित ट्रफ्री, मेडल र प्रमाणपत्र पाउने छन् । यस्तै उत्कृष्ट एक खेलाडी र उत्कृष्ट किपरले जनही तीन हजार प्राप्त गर्नेछन्। बिहिबारसम्म चल्ने प्रतियोगिताको उद्घाटन खेल नवोदित फुटसल मैदानमा भएपनि अन्य खेलहरु सामाखुशी फुटसल मैदानमा खेलाईने आयोजकले जनाएको छ।
प्रतियोगिताको उद्घाटन गर्दै नबोदित कलेजका प्रिन्सिपल राजेन्द्र अधिकारीले कलेजका आयोजना गरिने यस्ता किसिमका प्रतियोगिताहरुले विद्यार्थीहरुमा शारिरीक तथा मानसिक वृद्वि गर्न सहयोग गर्ने बताए। अध्ययनका साथै अतिरिक्त क्रियाकलापमा समेत सञ्चालन गर्दै आईरहेको नबोदित कलेजमा ‘प्लस टु लेबल’ मा खेल बिज्ञानको समेत पठनपाठन हुँदै आएको छ।
कार्यक्रममा नवोदित फुटसलका खेलाडीहरुलाई चिरायु अस्पताल बसुन्धाराले निःशुल्क स्वास्थ्य परिक्षण गरेको थियो ।











