Kathmandu Press

स्थानीय निर्वाचनको सफलताले लोकतन्त्र बलियो : प्रमुख आयुक्त

काठमाडौं, साउन ४ : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनले लोकतन्त्र र सङ्घीयतालाई बलियो बनाएको बताएका छन्। आयोग...
स्थानीय निर्वाचनको सफलताले लोकतन्त्र बलियो : प्रमुख आयुक्त

काठमाडौं, साउन ४ : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनले लोकतन्त्र र सङ्घीयतालाई बलियो बनाएको बताएका छन्। 

आयोग र आम निर्वाचन पर्यवेक्षण समिति, नेपाल (जियोग) ले आज आयोजना गरेको स्थानीय निर्वाचन, २०७९ को पर्यवेक्षण प्रतिवेदन सार्वजनिक र समीक्षा कार्यक्रममा प्रमुख आयुक्त थपलियाले एकै दिन उत्साहजनक रुपमा ७१ प्रतिशतसम्म मतदान हुनुले निर्वाचनको सफलता मापन गर्न सकिने र प्रदेश सदस्य समेतले राजीनामा गरेर स्थानीय तहको प्रमुखमा उम्मेदवारी दिनुले स्थानीय तहको आकर्षण बढाएको उल्लेख गरे। स्थानीय तहको कार्यकाल कहिलेसम्म भन्ने विवाद पनि आगामी निर्वाचनमा उत्पन्न नहुने जनाउँदै उनले निर्वाचन प्रणालीमा सुधारका लागि पर्यवेक्षक संस्थाले दिने वस्तुगत सुझावलाई कार्यान्वयन गरिने बताए। 

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र पारदर्शीरुपमा सम्पन्न गर्न पर्यवेक्षकले सहयोगी भूमिका निर्वाह गरेको भन्दै प्रमुख आयुक्त थपलियाले लैङ्गिक र समावेशिताका आधारमा पनि स्थानीय निर्वाचन सार्थक रहेको बताए। उनले सो प्रतिवेदनले निर्वाचनको समग्र तस्वीर उतारेको र आयोगले स्थलगतरुपमा प्राप्त सुझावलाई मनन गर्ने विश्वास व्यक्त गरे। 

आयोगका अन्य आयुक्तहरु, निर्वाचन पर्यवेक्षणका संस्थाहरु, विज्ञ र सरोकारवाला सम्मिलित कार्यक्रमको दोस्रो सत्रमा प्रतिवेदनका आधारमा निर्वाचन कानुन, पर्यवेक्षण व्यवस्था, आचारसंहिता, नागरिक समाज र आमसञ्चारमाध्यमको भूमिका, मतदाता शिक्षा आदिका आधारमा स्थानीय तह निर्वाचनको समीक्षा हुनेछ। आयोगले यसअघि प्रादेशिकरुपमा स्थानीय तह निर्वाचनको समीक्षा गरिसकेको छ। 

प्रकाशित मिति: १३:२० बजे, बुधबार, साउन ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्