Kathmandu Press

बिहानैदेखिको वर्षाले धनगढी बजार जलमग्न 

धनगढी उपमहानगरपालिकाका १, २, ३ र ५ नम्बर वडाका बस्तीहरु डुबानमा परेको बताइएको छ । 
बिहानैदेखिको वर्षाले धनगढी बजार जलमग्न 

काठमाडौं, साउन ४ : बुधबार बिहानैदेखिको वर्षाका कारण कैलालीको धनगढी बजार डुबानमा परेको छ। धनगढी उपमहानगरपालिकाका चारवटा वडा का बस्ती डुबानमा परेको हो। 

पानीको उचित निकास नहुँदा सामान्य वर्षा हुँदा पनि जलमग्न बन्ने धनगढी आज बिहानैदेखिको वर्षाका कारण डुबानमा परेको हो। धनगढी उपमहानगरपालिकाका १, २, ३ र ५ नम्बर वडाका बस्तीहरु डुबानमा परेको बताइएको छ । 

बस्ती डुबानमा परेपछि आउजाउ गर्न र व्यापार व्यवसाय सञ्चालन गर्न कठिन भएको छ। 

प्रकाशित मिति: ११:३६ बजे, बुधबार, साउन ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्