Kathmandu Press

काठमाडौं महानगरको नयाँ दमकल : ६० मिटर टाढासम्म फाहोर हान्न सक्छ, मूल्य कति ? 

काठमाडौं, साउन ४ : काठमाडौँ महानगरपालिकाले तीनवटा नयाँ दमकल खरिद गरेको छ। महानगरका पूर्वप्रमुख विद्यसुन्दर शाक्यको कार्यकालमा गत फागुन महिनामा दमकल खरिदका लागि  बोलपत्र...
काठमाडौं महानगरको नयाँ दमकल : ६० मिटर टाढासम्म फाहोर हान्न सक्छ, मूल्य कति ? 

काठमाडौं, साउन ४ : काठमाडौँ महानगरपालिकाले तीनवटा नयाँ दमकल खरिद गरेको छ। महानगरका पूर्वप्रमुख विद्यसुन्दर शाक्यको कार्यकालमा गत फागुन महिनामा दमकल खरिदका लागि  बोलपत्र आव्हान गरिएको थियो । त्यसमा इन्डोनेसियामा काम गरिरहेको जर्मन कम्पनी जिग्लर इन्डोनेसिया छनौट भएको थियो । कम्पनीले करबाहेक ७ करोड २१ लाख रुपैयाँ मूल्यमा इन्डोनेसियाबाटै सामान पठाएको हो । 

दमकलको इञ्जिन क्षमता २७० एचपी हो । दमकलमा प्रतिमिनेट ३ हजार लिटर पानी तान्न र फाल्न सक्ने क्षमता छ । यस्तै ६० मिटर टाढासम्म पानीको फोहोरा हान्न सक्छन् । एकैपटक ४ वटा डिस्चार्ज लाइनबाट प्रेसरका साथ पानी फाल्न र २ वटा सक्सन लाइनबाट पानी तान्न सक्छन् । 
३ हजार लिटर पानी र ५ सय लिटर फोमको ट्याङक रहेको दमकलले पानीमा फोम आफैँ मिसाउन सक्छ । पानी फाल्ने मोनिटर ३६० डिग्रीमा वरिपरि घुमेर र ८० डिग्री सिधा माथि पानी फाल्न सक्छ । 

८ हजार किलोग्रामभन्दा धेरै तौल भएका यी दमकलहरु एन्टिलक व्रेक सिस्टक (एबीयस) हुन् । ३ बर्ष वारेन्टी भएका दमकलहरुमा एवीसी टाइपका फायर इस्टीङग्वीसर, ४ वटा व्रिदिङ् एपारटर्स, ५ मिटर लामा २ वटा अल्मुनियमका भ¥याङ्, २ हजार वाट क्षमताको एउटा जेनेरेटर, २ वटा स्पट लाइट, नाइलनको डोरी, पाइप तथा नोजल लगायत सामाग्री तथा उपकरण छन् । 

८ मिटर लम्वाई र २.५ मिटर चौडाइ भएका दमकलले घरमा लागेको, पेट्रालियम पदार्थ लागेको र ग्याँसमा लागेको आगो निभाउन सक्छन् ।
दमकल आएपछि प्रतिक्रिया दिँदै काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले भन्नुभएको छ, ‘महानगरले आगलागीको रोकथाम र क्षति कम गर्न पहिलेदेखि काम गर्दै आएको छ । महानगरका पुर्वप्रमुख विद्यासुन्दर शाक्यका पालामा सुरु भएको दमकल खरिद प्रक्रियाअन्तर्गत अहिले ३ दमकलहरु महानगरमा आइपुगेका छन् । दमकलहरुको वैज्ञानिक तवरमा उच्चतम प्रयोग गरेर आगलागीबाट हुने क्षति कम गर्न महानगर प्रतिबद्ध छ ।’ 

पूर्व प्रमुखप्रति आभार व्यक्त गर्दै प्रमुख शाहले, आगोको प्रयोगमा असाध्यै सावधानी अपनाउनु पर्ने आवश्यकता देखाएका छन्। उनले भनेका छन्‘काठमाडौँ जस्तै घना बस्ती भएका क्षेत्रहरु जहाँ आफ्नै संरचनागत खराबीहरुले गर्दा आगलागीको जोखिम उच्च र नियन्त्रणमा सीमितता छ । त्यस्ता क्षेत्रहरुमा आगलागीका बिषयमा झन धेरै सचेत र होसियार हुनै पर्छ । अग्नि दुर्घटना हुनै नदिनु सबै भन्दा उत्तम विकल्प हो । आगोको बिषयमा कहिलै पनि हेलचेक्रयाइँ नगरौँ । सावधान रहौँ । र, आफ्नो घर तथा कार्यालयमा उचित पूर्वतयारी गरौँ ।‘

नयाँवाहेक महानगरसँग अहिले पूर्ण क्षमतामा काम गर्न सक्ने २ वटा र सहयोगका लागि प्रयोगमा ल्याउन सकिने ३ वटा गरी ५ वटा दमकल सञ्चालनमा छन् । जुद्धबारुण यन्त्र कार्यालय काठमाडौँका प्रमुख चन्दन श्रेष्ठकाअनुसार नयाँ सडक बारुण यन्त्र कार्यालयमा एउटा पूर्ण क्षमताको र २ वटा सहयोगका लागि प्रयोग गर्न सकिने दमकल छन् । त्यस्तै रामहिटीमा एउटा पूर्ण क्षमताको र एउटा सहयोगका लागि प्रयोग गर्न सकिने दमकल छन् । 

महानगरसँग ३० मिटरको लामो एउटा र २५ मिटर लामो एउटा गरी २ वटा ल्याडर छन् । रेस्क्युका लागि एउटा ट्रक र एउटा जीप छन् । त्यस्तै जनशक्ति ओसारपसार गर्न एउटा भ्यान र एउटा जीप छन् । यसैगरी ५ वटा फायर मोटरसाइकल सञ्चालनमा छन् । दकमलमा पानी थप्न एउटा पानी ट्याङकर छ । यस्तै पानी तानेर फाल्नका लागि ५ वटा पम्प छन् । 
 

प्रकाशित मिति: ११:२६ बजे, बुधबार, साउन ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्