Kathmandu Press

नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघलाई कांग्रेसको शुभेच्छुक संस्थाको मान्यता

काठमाडौं, साउन ४ : नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघले सत्तारुढ दल नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको मान्यता पाएको छ ।२०७२ सालमा संस्था स्थापना भएपनि व्यवसायीबीचको...
नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघलाई कांग्रेसको शुभेच्छुक संस्थाको मान्यता
फाइल तस्बिर

काठमाडौं, साउन ४ : नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघले सत्तारुढ दल नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको मान्यता पाएको छ ।

२०७२ सालमा संस्था स्थापना भएपनि व्यवसायीबीचको खिचातानीले पार्टीबाट आधिकारीक शुभेच्छुक संस्थको रुपमा मान्यता पाउन नसकेको नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघले सात वर्ष पछि शुभेच्छुक संस्थाको मान्यता पाएको हो। 

कुमार अधिकारी अध्यक्ष रहेको नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघको अहिले देशका सात प्रदेशमा शाखा छ। अध्यक्ष अधिकारीले पर्यटन क्षेत्रको समस्यालाई समाधान गर्दै यस क्षेत्रको समग्र विकासका लागि केही योगदान गर्न सकियोस् भन्ने उद्देश्यले अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे। नेपाली कांग्रेसले आवश्यकता महसुस गरी शुभेच्छुक संस्थाका रूपमा मान्यता प्रदान गरेकोमा खुशी व्यक्त गर्दै उनले भने, ‘यो पर्यटन व्यवसायीकै गौरवको विषय हो।’

पार्टीले पर्यटन व्यवसायीलाई ठुलो हौसला दिएको बताउँदै अध्यक्ष अधिकारीले पर्यटन क्षेत्रको विकासका साथसाथै संगठनलाई सबैभन्दा सशक्त बनाउने बताए । देशको आर्थिक मेरूदण्ड रुपमा रहेको पर्यटन क्षेत्रलाई मर्यादित र प्रमुख व्यवसायका रूपमा अगाडि बढाउने उनको अठोट छ। 

प्रकाशित मिति: ११:०७ बजे, बुधबार, साउन ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्