गण्डकीका मुख्यमन्त्री पोखरेललाई कोरोना संक्रमण
पोखरा, साउन ४ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना भाइरसको संक्रमण भएको छ।रुघा र ज्वरो आएपछि गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण...
पोखरा, साउन ४ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना भाइरसको संक्रमण भएको छ।
रुघा र ज्वरो आएपछि गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। उनको मंगलबार कोरोना परीक्षण गरिएको थियो। मंगलबार राति आएको रिपोर्टमा कोरोना पुष्टि भएको हो।
उनलाई सोमबार बिहानैदेखि हल्का ज्वरो आएको थियो। त्यहि दिनदेखि रुघा पनि लागेको जनाइएको छ।
अहिले उनलाई हल्का ज्वरो आए पनि अक्सिजनको मात्रा र छातीको अवस्था सामान्य छ। उनी पोखरास्थि सरकारी निवासमै आइसोलेसनमा बसेका छन्।
मुख्यमन्त्री पोखरेलको आज थप स्वास्थ्य परीक्षण गरिने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।
प्रकाशित मिति: ०७:४३ बजे, बुधबार, साउन ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1786866852.jpg)