आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं, साउन ४ : मनसुनी वायुको प्रभावले आज पाँच वटा प्रदेशमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।अहिले मनसुनको न्यून...
काठमाडौं, साउन ४ : मनसुनी वायुको प्रभावले आज पाँच वटा प्रदेशमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केहि उत्तरतिर रहेको छ। जसले गर्दा देशभर सामान्य बदली रहेको छ।
देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षा भइरहेको विभागले जनाएको छ।
यस्तै, आज दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका पहाडी भूभागका धेरै स्थानमा र अन्य भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र मधेश प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका केहि स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने विभागको अनुमान छ।
त्यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्विम प्रदेशका थोरै स्थान भने भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ।




-1786867986.jpg)




-1786867986.jpg)

-1786866852.jpg)