Kathmandu Press

यी जिल्लामा अनलाइन मतदाता नामावली फाराम भर्न सकिने

काठमाडौं, साउन ४ : निर्वाचन आयोगले काठमाडौं उपत्यकाबाट सुरु गरेको अनलाइन मतदाता नामावली फाराम भर्ने व्यवस्था थप पाँच जिल्लामा विस्तार गरेको छ।आयोगले नमूनाका...
यी जिल्लामा अनलाइन मतदाता नामावली फाराम भर्न सकिने

काठमाडौं, साउन ४ : निर्वाचन आयोगले काठमाडौं उपत्यकाबाट सुरु गरेको अनलाइन मतदाता नामावली फाराम भर्ने व्यवस्था थप पाँच जिल्लामा विस्तार गरेको छ।

आयोगले नमूनाका रूपमा सुरु गरेको अनलाइन मतदाता नामावली फारम भर्ने कार्य मंगलबारदेखि  काभ्रेपलाञ्चोक, चितवन, कास्की, मोरङ र झापा निर्वाचन कार्यालयबाट समेत गर्न सकिने व्यवस्था मिलाएको हो।

आयोगका प्रवक्त शालिग्राम शर्मा पौडेलका अनुसार अनलाइनबाट फाराम भर्नेको हकमा अनलाइन फाराम छनोट गरेको आठै जिल्लाका निर्वाचन कार्यालय  समयमा औँठा छाप र फोटो लिने व्यवस्था मिलाइएको छ। (रासस)

प्रकाशित मिति: ०६:४५ बजे, बुधबार, साउन ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्