अर्थमन्त्री प्रकरण : सीसीटीभीको हार्ड डिक्स फरेन्सीक ल्याबमा पठाईने
१३ दिनको मात्र फुटेज रहने र अरु क्रमशः मेटिँदै जाने अर्थ मन्त्रालयले छानबिन समितिलाई जानकारी गराएको छ । विज्ञहरुले डिलिट भएको सीसीटीभी फुटेज रिकभर हार्डडिक्सको अवस्थामा भरपर्ने भन्दै प्रहरीको फरेन्सिक ल्याबमा पठाउन सुझाव दिएका थिए ।
काठमाडौं, साउन ३ : संसदीय विशेष समितिले अर्थ मन्त्रालयको सीसीटीभी फुटेज रिकभर गर्न नेपाल प्रहरी अन्तर्गतको फरेन्सिक ल्याबमा पठाउने भएको छ ।
जेठ १४ गते रातिको सीसीटीभी फुटेज नभेटिएपछि हार्डडिक्स नै पठाउन लागिएको हो ।
बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दर हेरफेर गराएको आरोपमाथि छानबिन गर्न बनेको विशेष समितिले जेठ १४ गते मध्यान्ह १२ बजेदेखि १५ गते मध्यान्ह १२ बजेसम्मको सीसीटीभी फुटेज उपलब्ध गराउन आग्रह गरेको भएपनि अर्थ मन्त्रालयले सीसीटीभीको हार्डडिक्स नै पठाएको थियो र असारको मात्र फुटेज मात्र भेटिएको छ ।
१३ दिनको मात्र फुटेज रहने र अरु क्रमशः मेटिँदै जाने अर्थ मन्त्रालयले छानबिन समितिलाई जानकारी गराएको छ । विज्ञहरुले डिलिट भएको सीसीटीभी फुटेज रिकभर हार्डडिक्सको अवस्थामा भरपर्ने भन्दै प्रहरीको फरेन्सिक ल्याबमा पठाउन सुझाव दिएका थिए ।
समितिको मंगलबार बसेको बैठकले अर्थ मन्त्रालयको समग्र सीसीटीभी सिस्टमलाई फुटेज रिकभर गर्नको लागि प्रक्रिया पुर्याएर प्रहरीको फरेन्सिक ल्याबमा पठाउन निर्णय गरेको बताईएको छ । भोलि नै शर्मालाईसमेत बोलाएर स्पष्टिकरण सोधिने तयारी रहेको छ ।

-1786866852.jpg)