अर्थ मन्त्रालयको सीसीटीभी फुटेज रिकभर गर्न प्रहरीकाे फरेन्सिक ल्याब पठाइने
काठमाडाैं, साउन ३ : अर्थ मन्त्रालयको सीसीटीभी फुटेज रिकभर गर्न नेपाल प्रहरी अन्तर्गतको फरेन्सिक ल्याबमा पठाउने संसदीय विशेष समितिले निर्णय गरेकाे छ।समितिले मेटिएको...
काठमाडाैं, साउन ३ : अर्थ मन्त्रालयको सीसीटीभी फुटेज रिकभर गर्न नेपाल प्रहरी अन्तर्गतको फरेन्सिक ल्याबमा पठाउने संसदीय विशेष समितिले निर्णय गरेकाे छ।
समितिले मेटिएको फुटेज कसरी रिकभर गर्ने भन्दै प्रहरीको साइबर ब्यूरो र इन्जिनियरिङ अध्ययन संस्थानका विज्ञसँग सुझाव लिएपछि फुटेज रिकभर गर्न प्रहरीकाे फरेन्सिक ल्याब पठाउने भएकाे हाे।
विज्ञहरुले डिलिट भएको सीसीटीभी फुटेज रिकभर हार्डडिक्सको अवस्थामा भरपर्ने भन्दै प्रहरीको फरेन्सिक ल्याबमा पठाउन सुझाव दिएका थिए।
समितिको मंगलबार बसेको बैठकले अर्थ मन्त्रालयको समग्र सीसीटीभी सिस्टमलाई फुटेज रिकभरकाे लागि प्रक्रिया पुर्याएर प्रहरीको फरेन्सिक ल्याबमा पठाउन निर्णय गरेको एक सदस्यले जानकारी दिए।
बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दर हेरफेर गराएको आरोपमाथि छानबिन गर्न बनेको विशेष समितिले जेठ १४ गते मध्यान्ह १२ बजेदेखि १५ गते मध्यान्ह १२ बजेसम्मको सीसीटीभी फुटेज उपलब्ध गराउन आग्रह गरेको थियो।
तर अर्थ मन्त्रालयले सीसीटीभीको हार्डडिक्स नै पठायो, जसमा असारको मात्र फुटेज भेटिएको छ। १३ दिनको मात्र फुटेज रहने र अरु क्रमशः मेटिँदै जाने अर्थ मन्त्रालयले छानबिन समितिलाई जानकारी गराएको छ।




-1786867986.jpg)




-1786867986.jpg)

-1786866852.jpg)