Kathmandu Press

एम्नेस्टीको कार्यालयमा भारतीय प्रहरीले किन मार्‍यो छापा?

नयाँदिल्ली : भारतको संघीय अनुसन्धान निकायले मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेश्नलको स्थानीय कार्यालयमा छापा मारेको छ।

विदेशी लगानीसम्ब....

एम्नेस्टीको कार्यालयमा भारतीय प्रहरीले किन मार्‍यो छापा?

नयाँदिल्ली : भारतको संघीय अनुसन्धान निकायले मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेश्नलको स्थानीय कार्यालयमा छापा मारेको छ।

विदेशी लगानीसम्बन्धी नियम उल्लंघन भएकाले छापा मारिएको सेन्ट्रल ब्युरो अफ इन्भेस्टिगेसन (सीबीआई)ले बताएको छ। “फोरेन कन्ट्रिब्युसन (रेगुलेसन) एक्ट २०१० र इन्डियन पिनल कोडको उल्लंघन भएको सूचना प्राप्त भएको थियो,” सीबीआईले वक्तव्य जारी गर्दै बताएको छ।

Hardik ivf

सरकारले बन्देज लगाए पनि भारतीय शाखाले एम्नेस्टी इन्टरनेश्नल युकेबाट अनुदानवापत रकम पाएको वक्तव्यमा उल्लेख छ। गृह मन्त्रालयबाट प्राप्त गुनासोको आधारमा सीबीआईले समूहविरूद्ध उजुरी दर्ता गरेपछि एम्नेस्टी इन्टरनेश्नलको बेंगलुरू र नयाँ  दिल्ली शाखामा छापा मारिएको बताइएको छ ।

यसअघि एम्नेस्टी इन्टरनेश्नलले प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादी सरकारका केही कदमको आलोचना गरेको थियो। संस्थालाई पोहोर विदेशी लगानी हिनामिना गरेको आरोप लागेको थियो। “पोहोर सालदेखि एम्नेस्टी इन्टरनेश्नलले भारतमा भएका मानवअधिकार उल्लंघनका घटनाविरूद्ध आवाज उठाउँदा श्रृङ्खलाबद्ध रूपमा दुर्व्यवहार गरिएको छ,” समूहले वक्तव्यमा भनेको छ।

एम्नेस्टी इन्टरनेश्नलले मोदी सरकारलाई काश्मिरमा मानव अधिकारको उल्लंघन गरेको आरोप लगाएको छ। अगष्टमा विवादित राज्यको संवैधानिक स्वायत्तता खोसिएको थियो र विरोध प्रदर्शन गर्नेहरूलाई कडा कारवाही गरिएको छ। सरकारले हालै मात्र बेलायती लेखक आतिश तसिरको “ओभरसिज इन्डियन सिटिजनसीप” खारेज गरेको छ। संस्थाले यसलाई “लैंङ्गिक वा जातीय वा राष्ट्रियताको आधारमा गरिएको विभेद” बताएको छ।

सन् २०१४ मा मोदी सरकार बनेपछि गैर नाफामुखी संस्थाहरूको निगरानी बढाइएको छ। हजारौं नागरिक समाज समूहको विदेशी अनुदान सहयोग पाउने अनुमति खारेज वा रद्द गरिएको छ।

भारतको वित्तीय अपराध अनुसन्धान निकाय, इन्फोर्समेन्ट डाइरेक्टोरेट (इडि) ले ग्रिनपिस इन्डिया नामक वातावरणसम्बन्धी काम गर्ने संस्थाको बैंक खाता पोहोर रोक्का गरेको थियो। बाध्यतावश संस्थाले कर्मचारी कटौती गरेर न्यूनतम जनशक्ति मात्रै राखेको थियो।

इडिले पोहोर सालै एम्नेस्टी इन्टरनेश्नलको बैंक खाता पनि रोक्का गरेको थियो।
 

प्रकाशित मिति: ०७:१७ बजे, बुधबार, मंसिर ४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्