Kathmandu Press

दुइ सञ्चारमाध्यमलाई कारबाहीको माग गर्दै बालेनले दिए प्रेस काउन्सिलमा उजुरी

काठमाडौं, साउन ३ : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले हिमालय टीभी र नेपाल समाचारपत्र दैनिकविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएका छन् ।काठमाडौं महानगरपालिकाको बजेट...
दुइ सञ्चारमाध्यमलाई कारबाहीको माग गर्दै बालेनले दिए प्रेस काउन्सिलमा उजुरी

काठमाडौं, साउन ३ : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले हिमालय टीभी र नेपाल समाचारपत्र दैनिकविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएका छन् ।

काठमाडौं महानगरपालिकाको बजेट विनियोजित हुँदा कुनै अमुक संस्थालाई उपलब्ध गराउन लागिएको भन्दे तथ्यहीन, भ्रामक र कपोलकप्लित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

सञ्चारमाध्यमहरुले व्यवसायिक पत्रकारितालाई ख्याल नगरी एकतर्फीरुपमा प्रकाशन र प्रशारण गरेका तथ्यहीन समाचारहरुले भ्रम सिर्जना गरेको भन्दै यसबाट व्यक्तिगत र संस्थागत गरिमामा आँच पुगेको बताएका छन् ।

उनले पत्रकार आचार संहिता,२०७३ (पहिलो संशोधन, २०७६सहित)को दफा ४ बमोजिम कारबाही सहित क्षतिपूर्तिको माग गर्दै निवेदन दिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

केहि समयअघि महानगरले रुटिन अफ नेपाल बन्दलाई एक करोडरुपैयाँ विनियोजित गरेको भन्दै उनको आलोचना भएको थियो ।

प्रकाशित मिति: १९:५४ बजे, मंगलबार, साउन ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्