Kathmandu Press

सिभिल सहकारी ठगी प्रकरण : इच्छाराज तामाङकी पत्नी शाक्य पनि पक्राउ

काठमाडाैं, साउन ३ : प्रहरीले सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छराज तामाङकी श्रीमती सिर्जना शाक्य तामाङलाई पक्राउ गरेकाे छ।प्रहरीको केन्द्रीय अनुसन्धान...
सिभिल सहकारी ठगी प्रकरण : इच्छाराज तामाङकी पत्नी शाक्य पनि पक्राउ

काठमाडाैं, साउन ३ : प्रहरीले सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छराज तामाङकी श्रीमती सिर्जना शाक्य तामाङलाई पक्राउ गरेकाे छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार शाक्यलाई काठमाडाैंकाे रामशाहपथबाट पक्राउ गरेकाे हाे। ठगी सम्बन्धी कसूरमा फरार रहेकी शाक्य सहकारी संस्थाकी लेखा समिति सदस्य थिइन् ।

काठमाडौं महानगरपालिका-१३ सोल्टीमोडमा रहेको संस्थामा आकर्षक ब्याजदर दिने प्रलोभनमा पारी उनीसहित १२ जनाले ठूलो संख्यामा बचतकर्ताहरूको रकम ठगी गरेका थिए।

इच्छाराज तामाङ लगायतले ५ अर्ब ८४ करोड ४० दाख २१ हजार ७१३ रुपैयाँ ठगी गरेको खुलेको थियो।

ती वर्षदेखि बचत गराउँदै आएको रकम ठगी गरेको भन्दै १ हजार ५ सय ३० जना पीडितले सिआइबीमा जाहेरी दिएका थिए।

सीआईबीका एसपी श्यामकुमार महतोका अनुसार सिभिल सहकारीमा भएको पाँच अर्ब बढी ठगीमा शाक्यसहित १२ जना प्रतिवादी थिए।

प्रकाशित मिति: १९:४६ बजे, मंगलबार, साउन ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्