Kathmandu Press

नेकपा एसले बाम एकताको लागि पहल गर्ने 

काठमाडौं,  साउन ३ : नेकपा (एकीकृत समाजवादी) ले बाम एकताको लागि पहल गर्ने भएको छ ।मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले बाम एकताको...
नेकपा एसले बाम एकताको लागि पहल गर्ने 

काठमाडौं,  साउन ३ : नेकपा (एकीकृत समाजवादी) ले बाम एकताको लागि पहल गर्ने भएको छ ।

मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले बाम एकताको लागि पहल गर्ने निर्णय गरेको एकीकृत समाजवादीले जनाएको हो  ।

बैठकले वर्तमान ५ दलीय गठबन्धन कायम राख्दै बाम एकताको लागि पहल गर्ने निर्णय गरेको महासचिव डा. बेदुराम भुसालले बताए ।

यस्तै बैठकले असार १३ र १४ गते बसेको पार्टीको केन्द्रीय परिषदको प्रथम बैठकबाट पारित कार्ययोजना कार्यान्वन गर्ने सम्बन्धमा छलफल पनि गरेको छ ।   

प्रकाशित मिति: १९:३८ बजे, मंगलबार, साउन ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्