Kathmandu Press

एनआईसी एशिया बैंकले ल्यायो सुपर चमत्कारिक मासिक निक्षेप योजना

काठमाडौं, मंसिर ४ : एन.आई.सी एशिया बैंकले नयाँ 'सुपर चमत्कारिक मासिक निक्षेप खाता' सार्वजनिक गरेको छ। 

‘सुपर चमत्कार....

एनआईसी एशिया बैंकले ल्यायो सुपर चमत्कारिक मासिक निक्षेप योजना

काठमाडौं, मंसिर ४ : एन.आई.सी एशिया बैंकले नयाँ 'सुपर चमत्कारिक मासिक निक्षेप खाता' सार्वजनिक गरेको छ। 

‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ बैंकमा खाता भएका इच्छुक सबै ग्राहक तथा नयाँ खाता खोल्न चाहनेहरुले खाता खोलेर अधिकतम लाभ लिन सकिने बैंकले जनाएको छ।

यो योजनाअन्तर्गत थोरै–थोरै रकम जम्मा गरी कुनै लगानी तथा आफ्नो आम्दानीलाई नियमित रुपमा बचत गरी आवश्यकताहरु पूरा गर्न, भविष्यका योजनाहरु जस्तै विदेश भ्रमण, इच्छाइएको बहुमूल्य सरसामानहरु जोड्न र बचत खाताबाटै मुद्दती खाता बराबरको प्रतिफल प्राप्त गर्न सकिनेछ।

निक्षेप योजनाबाट बचत गर्ने बानीलाई थप सहज बनाउँदै प्रोत्साहन गर्ने र बचतको उचित प्रतिफल प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ। निक्षेप योजनामा तीन महिनादेखि १० वर्षसम्म न्यूनतम पाँच सयको गुणनमा निश्चित रकमबाट खाता सुचारु गर्न सकिनेछ।

कुनै पनि समय आफूसँग अतिरिक्त रकम भएमा १०० को गुणन दरले ५०० भन्दा बढी रकम जम्मा गरी ९ दशमलव ७५ प्रतिशत व्याज प्राप्त गर्न सकिने बैंकले जनाएको छ। मासिक रुपमा थोरै–थोरै रकम जम्मा गरी बचतमा मुद्दती बराबरको लाभ पनि लिन सकिने छ। 

कुनै महिना तोकिएको रकम बुझाउन असमर्थ भएमा अर्को महिना किस्ता बराबरको रकम कुनै अतिरिक्त शुल्कबिना यथास्थितिमा बुझाउन सकिनेछ। मोबाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग वा सिधै उपयुक्त पर्ने बैंकको शाखामार्फत रकम जम्मा गर्न सकिने सुविधा पनि यस योजनामा रहेको छ।

खातावाहकले निक्षेपको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन् भने निक्षेप योजनाको ५० प्रतिशत परिपक्व हुने अवधि कटेपछि आवश्यक परेका बेला खाताबाट रकम झिक्न पनि सक्ने  बैंकले जनाएको छ।

एनआईसी बैंकले मुलुकभर ३१० शाखा कार्यालय, ३८९ एटिएम, ९० वटा एक्स्टेन्सन काउण्टर तथा ४२ वटा शाखारहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।


 

प्रकाशित मिति: १२:५० बजे, बुधबार, मंसिर ४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्