Kathmandu Press

सिंहदरबारमा तीन दलका शीर्ष नेताबीच बैठक, समाजवादी केन्द्र निर्माणबारे छलफल 

माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा नेताहरुको छलफल सुरु भएको हो।
सिंहदरबारमा तीन दलका शीर्ष नेताबीच बैठक, समाजवादी केन्द्र निर्माणबारे छलफल 

काठमाडौं, साउन ३ : नयाँ वामपन्थी गठबन्धन बनाउनेबारे सिंहदरबारमा तीन दलबीच छलफल सुरु भएको छ। 

माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा नेताहरुको छलफल सुरु भएको हो। छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक वामदेव गौतम सहभागी छन्। 

तीन दलीय छलफलअघि माओवादी केन्द्र अध्यक्ष दाहाल र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच छलफल भएको थियो ।

माओवादी केन्द्रको हालै सम्पन्न केन्द्रीय समितिको बैठकले गैरकांग्रेस, गैरएमालेको सामाजवादी केन्द्र बनाउने विषयको प्रस्ताव दाहालले गरेका थिए।

एकीकृत समाजवादी अध्यक्ष नेपालले हालै केन्द्रीय कमिटीमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पनि नयाँ वामपन्थी गठबन्धन बन्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति: १६:५६ बजे, मंगलबार, साउन ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्