Kathmandu Press

बाबुरामजीले गठबन्धनबाट छोड्दिनँ भन्नुभएको छ : प्रचण्ड

काठमाडौं, साउन ३ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जसपाबाट अलग भएपनि बाबुराम भट्टराई गठबन्धनमै रहने बताएका छन्। सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको...
बाबुरामजीले गठबन्धनबाट छोड्दिनँ भन्नुभएको छ : प्रचण्ड

काठमाडौं, साउन ३ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जसपाबाट अलग भएपनि बाबुराम भट्टराई गठबन्धनमै रहने बताएका छन्। 

सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा डा भट्टराईसँग भेटवार्ता गरी बाहिरिने क्रममा अध्यक्ष प्रचण्डले छलफल सकारात्मक भएको बताएका हुन्। 

उनले गठबन्धन बनाउने बारे अन्य पार्टीसँग पनि कुरा गर्न भट्टराईले प्रस्ताव गरेको बताए । ‘गठबन्धन बनाउने बारे अरु पार्टीसँग पनि कुरा गरौं भन्नभयो, भोलिपर्सिसम्म एउटा टुंगोमा पुग्न सकियो भने राम्रो हुन्छ भन्ने छलफल भयो,’ प्रचण्डले भने। 

प्रचण्डले जसपा विभाजन भएपनि गठबन्धनप्रति बाबुराम प्रतिवद्ध देखिएको बताएका छन्। ‘जसपाबाट अलग भएपनि यो गठबन्धन कुनै हालतमा छोड्दिनँ भन्नुभएको छ,’ उनले भने।  
 

प्रकाशित मिति: १६:४० बजे, मंगलबार, साउन ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्