Kathmandu Press

कांग्रेसले सही निर्णय गरेको छ, गठबन्धनबाट दायाँबायाँ गर्दैनौं : प्रचण्ड

‘हाम्रो पनि यही गठबन्धनलाई अगाडि बढाउने भन्ने छ । यो गठबन्धनबाट यताउता गर्ने भन्ने कहिँ कतै छैन,’ उनले भने। 
कांग्रेसले सही निर्णय गरेको छ, गठबन्धनबाट दायाँबायाँ गर्दैनौं : प्रचण्ड

काठमाडौं, असार ३ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी संघ र प्रदेशको निर्वाचनमा गठबन्धनबीचको तालमेललाई निरन्तर दिने कांग्रेसको निर्णयको स्वागत  गरेका छन्। 

मंगलबार पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले गठबन्धनलाई निरन्तरता दिने कांग्रेसको निर्णय सहि भएको बताएका छन् । ‘हाम्रो पनि यही गठबन्धनलाई अगाडि बढाउने भन्ने छ । यो गठबन्धनबाट यताउता गर्ने भन्ने कहिँ कतै छैन,’ उनले भने। 

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले संघ र प्रदेशको निर्वाचनमा गठबन्धनबीचको तालमेललाई निरन्तरता दिने निर्णय गरेको थियो । 

स्थानीय तह निर्वाचनमा गठबन्धनबीचको तालमेलबाट आएको परिणाम सन्तोषजनक भएको निष्कर्ष निकाल्दै संविधान र लोकतन्त्रलाई थप मजबुत बनाउन संघ र प्रदेशको निर्वाचनमा पनि गठबन्धनबीचको तालमेललाई निरन्तरता दिने निर्णय गरेको थियो।
 

प्रकाशित मिति: १६:३१ बजे, मंगलबार, साउन ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्