Kathmandu Press

एकैदिन ३५७ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित झन्डै २ हजार 

हाल देशभर १ हजार ९८२ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। 
एकैदिन ३५७ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित झन्डै २ हजार 

काठमाडौं, साउन ३ : मुलुकभर पछिल्लो २४ घन्टाको अवधिमा ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १ हजार ८५७ जनामा पीसीआर परीक्षण गर्दा २६८ र १५ सय एन्टीजेन परीक्षण गर्दा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

सोही अवधिमा ६२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ। 

योसँगै कोरोना संक्रमितको कुल संख्या पीसीआरतर्फ ९ लाख ८२ हजार ०६२ पुगेको छ भने एन्टीजेनतर्फ १ लाख ४१ हजार ८८ पुगेको छ। 

त्यस्तै निको हुनेको संख्या ९ लाख ६८ हजार १२६ पुगेको छ भने हालसम्म ११ हजार ९५४ जनाको मृत्यु भएको छ। 

हाल देशभर १ हजार ९८२ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १६:०१ बजे, मंगलबार, साउन ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्