Kathmandu Press

एम अधिकारीका बारेमा धेरै सोधखोज नगर्न पोखरेलको आग्रह 

काठमाडौं, साउन ३ : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको अर्थ तथा योजना विभागका सदस्य एम अधिकारीका बारेमा धेरै सोधीखोजी नगर्न आग्रह गरेका...
एम अधिकारीका बारेमा धेरै सोधखोज नगर्न पोखरेलको आग्रह 

काठमाडौं, साउन ३ : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको अर्थ तथा योजना विभागका सदस्य एम अधिकारीका बारेमा धेरै सोधीखोजी नगर्न आग्रह गरेका छन्।

मंगलबार बिराटनगरमा प्रेस चौतारीले गरेको कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष पौडेलले सम्बन्धित व्यक्तिले बोलिसकेको कारण यस विषयमा थप बहस गर्न आवश्यक नरहेको बताएका हुन्। 

‘व्यक्तिले आफ्नो पोजिसन के हो भनेर पोजिसन बताएका छन् सम्बन्धित दलले आफ्नो पोजिसन बताएको छ,  त्यसमा अरु किन खनजोत धेरै ?’ उनले भने। 

राजनीतिक दलभित्र कतिपय विषयमा गोपनीयता राख्नुपर्ने भएको बताउँदै पोखरेलले आवश्यक परे एम अधिकारीको परिचय खोल्ने बताए। ‘के हो भन्ने कुरा सम्बन्धित व्यक्तिले भनेका छन्’, उनले फेरि भने, ‘पार्टीले हो कि होइन भनेर बोलेको छ, सकियो नि त ।’


 

प्रकाशित मिति: १५:१३ बजे, मंगलबार, साउन ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्