सिंहदरबारमा प्रचण्ड र बाबुरामबीच भेटवार्ता
काठमाडौं, साउन ३ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा...
काठमाडौं, साउन ३ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा प्रचण्ड र बाबुरामबीच भेटवार्ता भएको हो । डा भट्टराईको सचिवालयका अनुसार दुई नेताबीचको भेटवार्तामा प्रचण्डको भारत भ्रमण, आगामी निर्वाचनमा गठबन्धनबीच तालमेल र समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।
प्रचण्ड र बाबुरामबीचको करिब १ घन्टाको भेटवार्तामा समाजवादी केन्द्र गठनबारे पनि छलफल भएको बताइएको छ। मंगलबार नै प्रचण्ड र बाबुरामसँगै नेकपा एकीकृत समाजवादीका शीर्ष नेतासँग पनि सिंहदरबारमै छलफल गर्ने तयारी गरिएको छ ।
उक्त भेटमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल र नेता बामदेव गौतम पनि सहभागी हुने बताइएको छ।
प्रकाशित मिति: १४:३४ बजे, मंगलबार, साउन ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1786867986.jpg)




-1786867986.jpg)

-1786866852.jpg)