न्यायाधीशलाई २ करोड घुस अफर गर्ने अधिवक्ता पोखरेललाई सात दिने स्पष्टिकरण
काठमाडौं, साउन ३ : काठमाडौं जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालालाई २ करोड घुसको प्रलोभन देखाउने अधिवक्ता रुद्रप्रसाद पोखरेललाई नेपाल कानुन व्यवसायी परिषद्ले स्पष्टिकरण...
काठमाडौं, साउन ३ : काठमाडौं जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालालाई २ करोड घुसको प्रलोभन देखाउने अधिवक्ता रुद्रप्रसाद पोखरेललाई नेपाल कानुन व्यवसायी परिषद्ले स्पष्टिकरण सोधेको छ। परिषद्ले मंगलबार सार्वजनिक सूचना जारी गर्दै पोखरेललाई सात दिने स्पष्टिकरण सोधेको हो।
‘तपाईँ र कानुन व्यवसायीबीच फोन वार्ताको सन्दर्भमा परेको उजुरीबाट तपाईँले कानुन व्यवसायीको आचारसंहिता, २०५१ को विपरित कार्य गर्नु भएकाले कारबाहीको लागि प्रतिवेदन उजुरी प्राप्त भएकोमा सो सम्बन्धमा तपाईँलाई कारबाही हुनुनपर्ने हो ? होइन ? अनुशासन समिति नियमावली, २०५८ को नियम ६ (३) बमोजिम यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा भनिएको छ,‘ आजका मितिले सात दिन भित्र जवाफ पेश गर्नुहोला अन्यथा कानून बमोजिम भई जाने व्यहोरा सूचित गरिन्छ।’

सिभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङलाई धरौटीमा रिहा गर्नका लागि अधिवक्ता पोखरेलले न्यायाधीश कोइरालालाई दुई करोड घुस अफर गरेको टेलिफोन वार्ता सार्वजनिक भएको थियो ।
सर्वसाधारणको आठ अर्ब ठगीको आरोपमा पक्राउ परेका तामाङलाई २०७८ पुस १४ गते काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।
जिल्ला न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच त्यसअघि नै लेनदेनको कुरा भएको देखिन्छ।अन्तिममा आदेश दिँदा भने न्यायाधीश कोइरालाले तामाङलाई धरौटीमा नछाडेर थुनामा पठाउने आदेश दिएका थिए।




-1786867986.jpg)




-1786867986.jpg)

-1786866852.jpg)