Kathmandu Press

काठमाडौं महानगरले ल्यायो तीन दमकल 

काठमाडौं, साउन ३ : काठमाडौं महानगरपालिकाले तीन दमकल ल्याएको छ । महानगरका प्रमुख बालेन शाहले तीन दमकल खरिद गरिएको जानकारी दिएका हुन् । महानगरका पूर्वप्रमुख...
काठमाडौं महानगरले ल्यायो तीन दमकल 

काठमाडौं, साउन ३ : काठमाडौं महानगरपालिकाले तीन दमकल ल्याएको छ । 

महानगरका प्रमुख बालेन शाहले तीन दमकल खरिद गरिएको जानकारी दिएका हुन् । महानगरका पूर्वप्रमुख विद्यासुन्दर शाक्यकै पालामा भएको दमकल खरिद प्रक्रिया अन्तर्गत ३ दमकलहरु ल्याइएको शाहले बताएका छन्। 

‘दमकलहरुको वैज्ञानिकतवरमा उच्चतम प्रयोग गरेर आगलागीबाट हुने क्षति कम गर्न महानगर प्रतिबद्ध छ,’ महानगर प्रमुख शाहले फेसबुकमा लेखेका छन्।

प्रकाशित मिति: १२:२४ बजे, मंगलबार, साउन ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्