बाम तालमेल प्रिय लाग्ने शब्द मात्रै हो, अहिले सम्भव छैन : पोखरेल
‘अघिल्लो पटक बामपन्थीकै सरकार हुँदा विपक्षीसँग साँठगाठ गरेर ढाल्ने अनि अहिले बाम तालमेलको कुरा गर्ने ?’
काठमाडौं, साउन ३ : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तत्काल बाम तालमेल सम्भव नभएको बताएका छन्। प्रेस चौतारी प्रदेश १ ले मंगलबार बिहान विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले राजनीतिमा सम्भावनाहरु जीवितै रहेपनि तत्काल तालमेलको सम्भावना भने नरहेको बताएका हुन्।
उनले बाम तालमेल प्रिय लाग्ने शब्द मात्रै रहेको बताए । ‘अघिल्लो पटक बामपन्थीकै सरकार हुँदा विपक्षीसँग साँठगाठ गरेर ढाल्ने अनि अहिले बाम तालमेलको कुरा गर्ने ?’ पोखरेलले भने।
उनले निर्वाचनमा अरु दलहरु गठबन्धन गरेर आएपनि एमाले सामना गर्न तयार रहेको बताए। ‘सक्छौ भने एक्लाएक्लै आउ, सक्दैनौं भने गठबन्धन गरेर आउ, एमाले सामना गर्न तयार छ,’ पोखरेलले भने। उनले एमाले स्पष्ट विचार बोकेर जनतामा आधारित हुँदै संगठनको बलमा अगाडि बढेको पार्टी भएका कारण कसैले चाहेर पनि एक्लाउन नसक्ने बताए।
संघ र प्रदेशको निर्वाचन मिति नजिकिँदै गर्दा कम्युनिस्ट पार्टीबीच तालमेलको चर्चा हुँदै गर्दा एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले त्यसको विरुद्धमा अभिव्यक्ति दिएका हुन्। एमालेभित्रकै केही नेताहरु भने वाम शक्तिबीच तालमेल गरेर निर्वाचनमा जानुको विकल्प नरहेको बताउँदै आएका छन्।




-1786867986.jpg)




-1786867986.jpg)

-1786866852.jpg)