गोरखामा जीपको ठक्करबाट युवतीको मृत्यु
काठमाडौं, साउन २ : गोरखामा जीपको ठक्करबाट आज एक युवतीको मृत्यु भएको छ । अजिरकोट गाउँपालिका–३ भच्चेक सडखण्डमा ग१ज ४६८६ नंको जीपको ठक्करबाट...
काठमाडौं, साउन २ : गोरखामा जीपको ठक्करबाट आज एक युवतीको मृत्यु भएको छ । अजिरकोट गाउँपालिका–३ भच्चेक सडखण्डमा ग१ज ४६८६ नंको जीपको ठक्करबाट मोटरसाइकलमा सवार अजिरकोट गाउँपालिका–२ की २३ वर्षीया मेलिना गुरुङको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेका अनुसार भच्चेकबाट चित्रेपोखरीतर्फ गइरहेको प्र३–०३ पा ४८१५ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको जीपले ठक्कर दिएको हो ।
मोटरसाइकलको पछाडी सवार मेलिना गम्भीर घाइते भएकी थिइन् । उनको मोडर्न अस्पताल भच्चेकमा उपचारका क्रममा मृत्यु भएको लामिछानेले बताए ।
दुर्घटनामा मोटरसाइकल चालक मेलिनाका दाजु ३५ वर्षीय मनराज गुरुङ घाइते भएका छन् । जीपका चालक सिरानचोक गाउँपालिका–५, छोप्राकका २४ वर्षीय रवि नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: २०:५४ बजे, सोमबार, साउन २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1786867986.jpg)




-1786867986.jpg)

-1786866852.jpg)