Kathmandu Press

विश्वकप छनोट : कुवेतसँग नेपाल १-० ले पराजित

काठमाडौं, मंसिर ३ : सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप र एसियन कप छनोट अन्तर्गतको खेलमा नेपाल कुवेतसँग पराजित भएको छ। 

भुटा....

विश्वकप छनोट : कुवेतसँग नेपाल १-० ले पराजित

काठमाडौं, मंसिर ३ : सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप र एसियन कप छनोट अन्तर्गतको खेलमा नेपाल कुवेतसँग पराजित भएको छ। 

भुटानको चाङि्लमिथाङ रंगशालमा मंगलबार दिउँसो भएको खेलमा नेपाल कुवेतसँग १–० गोल अन्तरले पराजित भएको हो। खेलको २८ औं मिनेटमा कुवेतका लागि अल मोटावाले गरेको गोल नै निर्णायक बन्यो।

यसअघि भएको पहिलो खेलमा नेपाल कुवेतसँग ७–० गोल अन्तरले पराजित भएको थियो। यस्तै, दोस्रो खेलमा चाइनिज ताइपेईलाई २–० हराएको नेपाल तेस्रो खेलमा अष्ट्रेलियासँग ५–० र चौथो खेलमा जोर्डनले ३–० गोल अन्तरले पराजित भएको थियो।

पाँच खेलबाट ३ अंक जोडेको नेपाल समूहको चौथो स्थानमा छ। कुवेत ५ खेलबाट ८ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ। 

प्रकाशित मिति: १७:१० बजे, मंगलबार, मंसिर ३, २०७६