Kathmandu Press

कांग्रेसले गर्‍यो अनुशासनसहित तीन समिति गठन 

कांग्रेसले गर्‍यो अनुशासनसहित तीन समिति गठन 

काठमाडौं, साउन २ : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले तीन वटा समिति गठन गरेको छ। 

महामन्त्री गगन थापाको नेतृत्वमा सदस्यता व्यवस्थापन समिति गठन भएको हो । त्यस्तै केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको नेतृत्वमा अनुशासन समिति गठन भएको छ। अर्का केन्द्रीय सदस्य श्यामकुमार घिमिरेको नेतृत्वमा केन्द्रीय लेखा समिति गठन गर्ने निर्णय भएको प्रवक्ता प्रकाशशरण महतले बताए। 

आज बसेको केन्द्रीय कार्यसमिति बैठकले ती समितिको नेतृत्व चयन गरेको छ भने सदस्यहरू पछि थप गरिनेछ। 

 

प्रकाशित मिति: १९:०९ बजे, सोमबार, साउन २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्