सहमति कार्यान्वयन गर्न राज्यले इमान्दारीता देखाएन् : विप्लव

काठमाडौं, साउन २ : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आफुसंग भएको सहमति कार्यान्वयन गर्न राज्यले इमान्दारीता नदेखाएको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा विप्लवले राज्यले आफूहरूसँग तीन बुँदे सहमति गरेपनि इमानदारिताका साथ कार्यान्वयन नगरेको बताएका हुन् ।
उनले अहिले पनि ४० जनाभन्दा बढी आफ्ना कार्यकर्ता जेलमा राखेर राज्यले षडयन्त्र गरेको जिकिर गर्नुभयो । अहिले राज्यमा बसेर स्वार्थका आधारमा काम गर्ने बिरुद्ध लड्ने बेला आएको उनको भनाई छ ।
विप्लवले देशको ढुकुटी डुवाउने, देशको अर्थतन्त्र तहस नहस बनाउने काम भएको र जनताको आवाज नसुन्ने प्रवृति हावी भएको जिकिर गरे । उनले दलाल पूजिँबादका जराहरु फाल्न अन्तिम लडाई हुने तर्क गरे ।
उनले मुलुकमा आर्थिक क्षेत्रमा ठूलो संकट देखापरेको धारणा पनि राखे ।
प्रकाशित मिति: १८:१० बजे, सोमबार, साउन २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1786867986.jpg)




-1786867986.jpg)

-1786866852.jpg)