आम निर्वाचनमा गठबन्धन दलबीच तालमेल गर्ने कांग्रेसको निर्णय
स्थानीय तह निर्वाचनमा भएको तालमेलले सकारात्मक परिणाम दिएको निष्कर्शसहित आम निर्वाचनमा पनि गठबन्धनबीचको तालमेललाई प्राथमिकता दिइने निर्णय भएको प्रवक्ता महतले बताए ।
काठमाडौं, साउन २ : प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले संघ र प्रदेशको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच तालमेल गर्ने निर्णय गरेको छ।
पाँच दिनदेखि जारी केन्द्रीय कार्यसमितिको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै नेपाली कांग्रेसका प्रवक्ता पकाशशरण महतले आम निर्वाचनमा तालमेल गरेर जाने निर्णय भएको बताएका हुन् ।
उनले तालमेलका बारेमा गठबन्धनमा रहेका दलहरुबीच वार्ता र संवाद गर्ने बताए । स्थानीय तह निर्वाचनमा भएको तालमेलले सकारात्मक परिणाम दिएको निष्कर्शसहित आम निर्वाचनमा पनि गठबन्धनबीचको तालमेललाई प्राथमिकता दिइने निर्णय भएको प्रवक्ता महतले बताए ।
‘प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा स्पष्ट बहुमततर्फ लक्षित गर्दै संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरण गर्दै जनताको समृद्धिको सपनालाई स्थिर सरकारमार्फत सम्बोधन गर्नका लागि केन्द्रीय कार्यसमितिको यो बैठक सत्ता गठबन्धनमा रहेका दलहरुसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गर्दछ,’ बैठकको निर्णय सुनाउँदै महतले भने।
बैठकले गठबन्धनबीच तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्ध लगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गर्दै आम नेपाली जनतालाई पाँच वर्षमा स्थितर सरकारमार्फत जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने स्पष्ट कार्यक्रमको खाकासहित आम निर्वाचनमा नेपाली कांग्रेस प्रस्तुत हुनुपर्छ भन्ने ठहर गरेको छ।
गठबन्धनबीच तालमेल गर्दा कांग्रेसको मुख्य नेतृत्वदायी भूमिका रहेको यथार्थ, सांगठनिक वस्तुस्थिती, पार्टीपंक्ति एवम् शुभेच्छुकको भावनालाई विश्लेषण गरिने प्रवक्ता महतले बताए।




-1786867986.jpg)




-1786867986.jpg)

-1786866852.jpg)