Kathmandu Press

एकैदिन ४५७ जनामा कोरोना संक्रमण, एकको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घन्टामा २ हजार ३४१ जनाको पीसीआर परीक्षण गर्दा  ३८६ जनामा र २ हजार ३१० एन्टीजेन परीक्षणबाट ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 
एकैदिन ४५७ जनामा कोरोना संक्रमण, एकको मृत्यु

काठमाडौं, साउन २ : नेपालमा एकैदिन ४५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घन्टामा २ हजार ३४१ जनाको पीसीआर परीक्षण गर्दा  ३८६ जनामा र २ हजार ३१० एन्टीजेन परीक्षणबाट ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

सोही अवधिमा ४८ जना संक्रमणमुक्त भएका छन् भने एक संक्रमितको मृतयु भएको मन्त्रालयले जानकारी दिएको छ। 

योसँगै कोरोनाको कुल संक्रमित संख्या पीसीआरतर्फ ९ लाख ८१ हजार ७९४ र एन्टीजेनतर्फ १ लाख ४० हजार ९९९ पुगेको छ । संक्रमणमुक्त हुनेको संख्या ९ लाख ६८ हजार ६४ पुग्दा मृतकको संख्या ११ हजार ९५४ पुगेको मन्त्रालयले जनाएको छ।

हाल सक्रिय संक्रमितको संख्या १ हजार ७७६ पुगेको छ। 
 
प्रकाशित मिति: १६:३५ बजे, सोमबार, साउन २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्