Kathmandu Press

वडाध्यक्षलाई स्वीमिङ पुलमा धकेल्ने डिएसपीलाई कारबाही गर्न एमालेको माग 

काठमाडौं, साउन २ : नेकपा एमालेका राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नगरसभामा प्रहरी ज्यादती भएको भन्दै प्रहरी अधिकारीलाई कारवाही गर्न माग गरेका...
वडाध्यक्षलाई स्वीमिङ पुलमा धकेल्ने डिएसपीलाई कारबाही गर्न एमालेको माग 

काठमाडौं, साउन २ : नेकपा एमालेका राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नगरसभामा प्रहरी ज्यादती भएको भन्दै प्रहरी अधिकारीलाई कारवाही गर्न माग गरेका छन्। 

राष्ट्रियसभाको सोमबारको बैठकमा भट्टराईले उक्त घटनामा डीएसपीले वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई पोखरीमा ढकेलेको देखिएको भन्दै प्रहरी अधिकारीलाई कारवाही गर्न माग गरेका हुन् । उनले तिलोत्तमा प्रकरणको अनुसन्धान हुनुपर्ने र सत्यतथ्य जानकारी सदनलाई गराउनुपर्ने बताए। सङ्घीयतालाई बलियो बनाउनेभन्दा पनि कमजोर बनाउने गरी सरकारले गतिविधि गरिरहेको उनले बताए। 

त्यस्तै उनले नागरिकताको विषय धेरै गम्भीर विषय भएको भन्दै यसलाई द्रुत गतिबाट छिटो टुङ्गो लगाउनुपर्ने धारणा राखे। बैठकमा बोल्दै कांग्रेसका सांसद जीतेन्द्रनारायण देवले नेपालको परराष्ट्र नीति प्रष्ट र एकरुपता हुनुपर्नेमा जोड दिए । उनले एमसिसीका बारेमा भएका टिका टिप्पणीबारे सरकारको प्रष्ट धारणा आउनुपर्ने बताए। 

नेकपा (माओवादी केन्द्र) का सांसद बिना पोखरेलले नागरिकता विधेयक राष्ट्रियतासँग जोडिएको संवेदनशील विषय भएको जनाउँदै नागरिकतासम्बन्धी विधि सरल भए पनि नीति कठोर हुनुपर्ने धारणा व्यक्त गरे। 

प्रकाशित मिति: १६:२० बजे, सोमबार, साउन २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्