एआईजी विश्वराज पोखरेलले दिए राजीनामा
धिराजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध पोखरेलले सर्वोच्च अदालतमा हालेका थिए । गत शुक्रबार सर्वोच्च अदालतले आफ्नो पक्षमा फैसला नदिएपछि पोखरेलले राजीनामा दिएका हुन् ।
काठमाडौं, साउन २ : नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले राजीनामा दिएका छन् । पोखरेलले सोमबार दिउँसो प्रहरी प्रधान कार्यालय पुगेर प्रहरी सेवाबाट राजीनामा दिएका हुन्।
धिराजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध पोखरेलले सर्वोच्च अदालतमा हालेका थिए । गत शुक्रबार सर्वोच्च अदालतले आफ्नो पक्षमा फैसला नदिएपछि पोखरेलले राजीनामा दिएका हुन् ।
पोखरेलको राजीनामा महानिरीक्षक सिंहले गृह मन्त्रालयमा पेस गर्नुपर्ने छ। राजीनामा पत्र मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि मात्रै लागू हुने छ ।
२०७९ वैशाख १८ को मन्त्रिपरिषद् बैठकले जेष्ठता मिचेर सिंहलाई महानिरीक्षकमा बढुवा गरेको थियो । बढुवाको भोलीपल्ट वैशाख १९ मा पोखरेल सरकारको निर्णय बदरको मागसहित सर्वोच्च पुगेका थिए।
तर, रिट दायर भएको साढे दुई महिनापछि असार ३१ मा कामु प्रधानन्यायाधीश दिपक कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलाशले सिंहलाई महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध पोखरेलले दायर गरेको रिट खारेज गरेको थियो।
रिट खारेज भएपछि पोखरेलले सेवाबाट राजीनामा दिएका हुन्।

-1786867986.jpg)

-1786866852.jpg)