राज्य विचौलियको नियन्त्रणमा जान लाग्यो : ज्ञवाली
काठमाडौं, साउन २ : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राज्य डरलाग्दो गरि बिचौलियाको नियन्त्रणमा जान थालेको आरोप लगाएका छन्। काठमाडौंमा नेकपा एमालेको उपभोक्ता हित संरक्षण...
काठमाडौं, साउन २ : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राज्य डरलाग्दो गरि बिचौलियाको नियन्त्रणमा जान थालेको आरोप लगाएका छन्।
काठमाडौंमा नेकपा एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको कार्यक्रममा ज्ञवालीले राजनीतिक गठबन्धनको आवरणमा खतरनाक बित्तिय गठबन्धन भइरहेको र यसले मुलुकलाई डरलाग्दो अवस्थामा पु¥याइएको बताए।
उनले वर्तमान सरकारको एक बर्ष देशको बबार्दीको बर्ष भएको तर्क गरे। सरकारले भ्रष्टाचार, कालाबजारीया र कमिसनतन्त्रलाई संरक्षण गरिरहेको उनको भनाई छ ।
त्यस्तै ज्ञवालीले कालो धनलाई सेतो बनाउने प्रयासहरु नै गभर्नरमाथिको हमला भएको टिप्पणी गरे। गभर्नरलाई हटाउने यसअघिको प्रयास सफल नभएपछि अहिले बिबाद निकाल्ने काम भएको उनको भनाई छ । उनले सरकारकै कारण अहिले सवैभन्दा ठूलो समस्या उपभोक्तलाई परिरहेको बताए।
ज्ञवालीले अहिले मुलुकको प्रमुख आर्थिक सुचकहरु हेर्दा मुलुक अझै अप्ठेरोमा जाने देखिएको बताए।









-1786867986.jpg)

-1786866852.jpg)