Kathmandu Press

प्रदेश–१ को नामाकरणबारे छलफल गर्न सभामुखले बोलाए सर्वदलीय बैठक

विराटनगर, साउन २ : प्रदेश–१ मा सर्वदलीय बैठक बोलाइएको छ । प्रदेशको नामाकरणबारे छलफल गर्नका लागि सभामुख प्रदीपकुमार भण्डारीले सर्वदलीय बैठक आह्वान गरेका हुन्। दलहरु...
प्रदेश–१ को नामाकरणबारे छलफल गर्न सभामुखले बोलाए सर्वदलीय बैठक

विराटनगर, साउन २ : प्रदेश–१ मा सर्वदलीय बैठक बोलाइएको छ । प्रदेशको नामाकरणबारे छलफल गर्नका लागि सभामुख प्रदीपकुमार भण्डारीले सर्वदलीय बैठक आह्वान गरेका हुन्। 

दलहरु नामकरणका लागि आ–आफ्नै अडानमा हुँदा सहमतिका लागि सभामुखले बैठक बोलाएका हुन्।

सभामुख प्रदीपकुमार भण्डारीले साउन ६ गतेका लागि नामकरणका विषयमा छलफल गर्न सार्वदलिय बैठक बोलाएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले बताए ।

सभामुख भण्डारीले प्रदेशसभाको बैठक साउन ८ गते दिउँसो १ बजे बस्नेगरी बोलाएका छन् । प्रदेशसभा बैठक अघि सहमतिको वातावरण बनाउन सभामुखले सर्वदलीय बैठक बोलाएका हुन्। 

प्रकाशित मिति: १४:११ बजे, सोमबार, साउन २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्