किन उकालो लाग्न सकेन शेयर बजार ?
काठमाडौं, मंसिर ३ : नेप्से परिसूचक १ दशमलव १४ ले घटेर मंगलबार ११२९ दशमलव ९९ को विन्दुमा पुगेको छ।
दोस्रो बजार परिसूचकमा ० दशमलव १....
काठमाडौं, मंसिर ३ : नेप्से परिसूचक १ दशमलव १४ ले घटेर मंगलबार ११२९ दशमलव ९९ को विन्दुमा पुगेको छ।
दोस्रो बजार परिसूचकमा ० दशमलव १० प्रतिशतकोे गिरावट देखिएको छ। ११३१ दशमलव १३ को विन्दुमा खुलेको शेयर बजार ११३२ दशमलव ४१ को उच्च विन्दुसम्म पुगेको थियो। बजारको न्यून विन्दु ११२७ दशमलव ९१ थियो।
दिनभरमा २५ करोड ९३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। कारोबार रकम भने घटेको छ।
आजको बजार अवस्था
आज सर्वाधिक कारोबार हुने
आज सबैभन्दा धेरै एनएमबी बैंक लिमिटेडको शेयर किनबेच भएको छ। एनएमबी बैंक लिमिटेडको ३ करोड २० लाख बराबरको शेयर किनबेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने
आज साल्ट ट्रेडिङ्ग कर्पोरेशनका शेयरधनीले सर्वाधिक १० प्रतिशतले कमाए भने सिन्धु विकास बैंकका शेयरधनीले सर्वाधिक ७ दशमलव ९३ प्रतिशतले गुमाए।
लाभांश गतिविधि
सोल्टी होटल लिमिटेडले १५ प्रतिशत बोनस शेयर र ११ दशमलव ३१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ।
प्राविधिक विश्लेषण
अघिल्लो कारोबार दिनको विश्लेषण अनुसार यदि बजार ११२८ भन्दा तल स्थिर रहेमा बजार अझ केही सच्चिन सक्ने संकेत गर्दछ भनिएको थियो। आज बजारले यही क्षेत्रमा टेवा प्राप्त गरी ११२९ दशमलव ९९ अंकमा बन्द भएको छ।
चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार ७ सातादेखि बजार प्रवृत्तिहीन रहेको छ। हाल बजार टेवा क्षेत्रमा रहेको देखिन्छ। आजको मैनबत्तीले पनि बजारमा लगानिकर्ताहरु अन्योल अवस्थामा रहेको संकेत गरेको छ। परिमाण भने सामान्य रहेको छ।
चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, विगत दुई कारोबार दिनदेखि बजारको उतारचढाव कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। हिजो र आज समग्रमा हेर्दा बजार प्रवृत्तिहीन रहेको देखिन्छ।
बजार प्रवृत्तिहीन रहेकाले २१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले दिएको संकेत प्रभावकारी देखिँदैन। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ५६ दशमलव ९२ अंकमा रहेको छ। कारोबारको अन्तिम समयमा आरएसआई र स्टोकास्टिक अक्सिलेटरको प्रवृत्ति सकारात्मक रहेको देखिन्छ।
निष्कर्ष : माथि उल्लेखित छोटो समयावधिको सूचकहरुले सकारात्मक संकेत प्रारम्भिक रुपमा दिए पनि बजारको प्रवृत्तिले समर्थन गरेको देखिँदैन। यदि बजार ११३३ भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने संकेत गरे पनि अर्को तत्कालीन प्रतिरोध ११३८ देखि ११४० को क्षेत्रमा रहेको देखिन्छ।
त्यस्तै, यदि बजार ११२८ भन्दा तल स्थिर रहेमा बजार अझ केही सच्चिन सक्ने संकेत गर्दछ र अर्को तत्कालीन टेवा ११२० मा रहेको देखिन्छ।