यू–२० साफ च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा
काठमाडौं, साउन २ : आसन्न यू–२० साफ च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली टिमको घोषणा गरेको छ। मुख्य प्रशिक्षक मेघराज केसीले...
काठमाडौं, साउन २ : आसन्न यू–२० साफ च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली टिमको घोषणा गरेको छ। मुख्य प्रशिक्षक मेघराज केसीले प्रतियोगिताका लागि सोमबार २३ सदस्यीय टिम घोषणा गरेका हुन्।
प्रतियोगिता जुलाई २५ देखि अगस्त ५ सम्म भारतको भुवनेश्वरमा आयोजना हुने छ। प्रतियोगितामा नेपालसँगै भारत, बंगलादेश, श्रीलंका र बंगलादेश सहभागी छन्।
सिंगल राउन्ड रोविन लिगका आधारमा हुने प्रतियोगितामा नेपालले जुलाई २५ मा माल्दिभ्ससँगै खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। यस्तै नेपालले जुलाई २७मा श्रीलंका, जुलाई ३१ मा भारत र अगस्त २मा बंगलादेशको सामाना गर्ने छ।

नेपाली टिमः
गोलकिपर : ईश्वर गुरुङ, उमेश चौधरी, जियारथ सेख।
डिफेन्डर : अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सिर्जन दानी, रोशन थापा, अभिषेक वाईवा।
मिडफिल्डर : दीपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिशरत्न छुन्जु, सुगम सुवाल, मनग्य नहकर्मी, आयुष घलान।
स्ट्राइकर : दीपेश राई, निरञ्जन मल्ल, रोहन खड्गी।











