Kathmandu Press

कमैया र हरुवाचरुवा राख्नेलाई कारवाही गर्न प्रधानमन्त्रीको निर्देशन 

काठमाडौं, साउन २ : प्रधानमन्त्री शेरबहादुर देउवाले कमैया, हरवाचरवा वा अन्य बँधुवा श्रमिक राख्नेलाई तत्काली कानुनी कारबाही गर्न निर्देशन दिएका छन् । सोमबार कमैया मुक्तिको...
कमैया र हरुवाचरुवा राख्नेलाई कारवाही गर्न प्रधानमन्त्रीको निर्देशन 

काठमाडौं, साउन २ : प्रधानमन्त्री शेरबहादुर देउवाले कमैया, हरुवाचरुवा वा अन्य बँधुवा श्रमिक राख्नेलाई तत्कालीन कानुनी कारबाही गर्न निर्देशन दिएका छन् । 

सोमबार कमैया मुक्तिको २२ वर्ष पूरा भएको सन्दर्भमा बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले बँधुवा श्रमिक राख्न नपाइने बताउँदै त्यस्तो राखिएको पाइए तत्काल कारवाही गर्न सरकारी संयन्त्रलाई निर्देशन दिएका हुन्। 

‘अब कसैले पनि त्यस्तो कमैया, हरवाचरवा वा त्यस्तै बँधुवा श्रमिक राख्न पाउँदैन, यदि कसैले त्यस्तो गरेको छ भने त्यो सरकारको घोषणाविपरीत हो, कानुनविपरीत हो,’ उनले भने, ‘त्यसको प्रभावकारी अनुगमन गरी कारबाहीका लागि म सरकारका निकायहरुलाई निर्देशन गर्दछु।’

प्रधानमन्त्री देउवाले हरवाचरवा वा कमैयाको कुनै अवशेष बाँकी भएको भए त्यो दण्डनीय हुने समेत बताए ।

प्रकाशित मिति: १२:१७ बजे, सोमबार, साउन २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्