Kathmandu Press

खुमलटारमा प्रचण्डसँग गृह र कानुनमन्त्रीको भेटवार्ता 

काठमाडौं, साउन २ : भारतको तीन दिने भ्रमण सकेर आइतबार स्वदेश फर्किएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गृहमन्त्री बालकृष्ण खाण र कानुनमन्त्री...
खुमलटारमा प्रचण्डसँग गृह र कानुनमन्त्रीको भेटवार्ता 

काठमाडौं, साउन २ : भारतको तीन दिने भ्रमण सकेर आइतबार स्वदेश फर्किएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गृहमन्त्री बालकृष्ण खाण र कानुनमन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले भेटवार्ता गरेका छन्। 

सोमबार बिहान खुमलटार पुगेर गृहमन्त्री खाँण र कानुनमन्त्री शर्माले प्रचण्डसँग भेटवार्ता गरेका हुन्। भेटमा माओवादी केन्द्रका अन्य नेताहरु देवप्रसाद गुरुङ, वर्षमान पुन र शक्ति बस्नेत लगायतका नेताहरु सहभागि थिए। 

भेटमा नागरिकता विधेयक, सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। 

सरकारले संघीय संसदमा पेस गरेका नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकसहितका विधेयकहरूबारे नेताहरूबीच कुराकानी भएको बताइएको छ। 

त्यस्तै छलफलमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सम्बन्धमा कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा पनि कुराकानी भएको र सत्तारुढ दलहरूको एउटै धारणा बनाएर अघि बढ्ने सैद्धान्तिक सहमति बनेको बताइएको छ।


 

प्रकाशित मिति: ११:३१ बजे, सोमबार, साउन २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्