सुदूरपश्चिममा बिहानै भूकम्पको धक्का
बाजुरा, साउन २ : बाजुरामा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले आज बिहान साढे ४ बजे बाजुराको...
बाजुरा, साउन २ : बाजुरामा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले आज बिहान साढे ४ बजे बाजुराको जिउलेख मद्दु केन्द्रविन्दु भएर भूकम्प गएको जनाएको छ। करीब ४.१ म्यागेन्च्युटको भूकम्प गएको केन्द्रले जनाएको छ।
बाजुरा लगायत सुदूरपश्चिमका आसपासका जिल्लामा पनि धक्का महसुस गरिएको जनाइएको छ। अहिलेसम्म क्षतिको विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रकाशित मिति: ०७:१० बजे, सोमबार, साउन २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1786867986.jpg)
