देशका केही भागमा मेघ गर्जनसहित वर्षा हुने
काठमाडौं, साउन २ : मनसुनी वायुको प्रभावले देशका केही भूभागमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागका अनुसार...
काठमाडौं, साउन २ : मनसुनी वायुको प्रभावले देशका केही भूभागमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार हाल मनसुनको न्युन चापिय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहेको छ। जसले गर्दा पहाडी भूभागमा भने आंशिक बदली हुनेछ।
अहिले देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भूभागमा आंशिक बदली रहेको छ। प्रदेश १, बागमती र गणडकी प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
यस्तै, आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।










-1786867986.jpg)
