प्रधानमन्त्री पत्नीसँगको भेटलाई नकारात्मक ढंगले प्रचार गरियो : प्रचण्ड
काठमाडौं, साउन १ : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भारत भ्रमण पुरा गरी आइतबार साँझ स्वदेश फिर्ता भएका छन् ।विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै...
काठमाडौं, साउन १ : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भारत भ्रमण पुरा गरी आइतबार साँझ स्वदेश फिर्ता भएका छन् ।
विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रचण्डले आफ्नो भारत भ्रमण सफल भएको बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणासँग दूतावासमा भएको ब्रेकफास्ट भेटघाटलाई नकारात्मक ढंगले प्रचार गर्ने काम भएको बताए ।
भेटमा आरजुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको र त्यसबाहेक अन्य कुराकानी नभएको प्रष्टाए । उनले भारतले आफ्नो भ्रमणलाई निकै महत्व दिएको उल्लेख गर्दै प्रधानमन्त्री हुँदाखेरी जाँदा भन्दा पनि अहिले बढी सम्मान पाएको पनि बताए ।
प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट अन्तिम समयमा रद्द भएको जानकारी पनि गराए । प्रचण्डले मोदीसँग भेटवार्ता गर्ने तय भएको भएपनि अन्तिम समयमा भेट रोकिएको बताए ।
भ्रमणका क्रममा भाजपाका अध्यक्षसँग भेटवार्ताका साथै नेपाली समुदायसँग पनि अन्तरक्रिया गरेको बताए ।










-1786867986.jpg)
