Kathmandu Press

भारतबाट घटेर आउँदा पनि निगमलाई पेट्रोलमा प्रतिलिटर १४.१९ घाटा

काठमाडौं, साउन १ : नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएपनि पेट्रोलमा घाटा कायमै रहेको जनाएको छ। निगमले आइतबार जारी गरेको विज्ञप्तिअनुसार...
भारतबाट घटेर आउँदा पनि निगमलाई पेट्रोलमा प्रतिलिटर १४.१९ घाटा

काठमाडौं, साउन १ : नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएपनि पेट्रोलमा घाटा कायमै रहेको जनाएको छ। 

निगमले आइतबार जारी गरेको विज्ञप्तिअनुसार पेट्रोलमा प्रतिलिटर १४.१९ रुपैयाँ प्रतिलिटर घाटा रहेको जनाएको हो । यस्तै डिजेलमा २१.९२ रुपैयाँ तथा ग्यासमा पनि प्रतिसिलिन्डर ५८२ रुपैयाँ ४२ पैसा घाटा रहेको निगमले जनाएको छ ।

यद्यपी हवाई इन्धनमा भने केही नाफा रहेको निगमको विज्ञप्तिमा उल्लेख छ । समग्रमा निगमलाई आगामी १५ दिनमा करिब २ अर्ब १६ कारोड घाटा हुने देखिएको निगमले जनाएको छ । 

निगमका अनुसार पेट्रोलको खरिद लागत १९५ रुपैयाँ १९ पैसा रहेको छ भने हालको बिक्रीमूल्य १८१ रुपैयाँ छ । यस्तै डिजेलको खरिद लागत १९३ रुपैयाँ ९२ पैसा हुँदा हालको बिक्रीमूल्य १७२ रुपैयाँ रहेको छ ।

यस्तै ग्यास २३८२.४२ रुपैयाँमा किनेर निगमले १८०० रुपैयाँमा बेच्दै आएको जनाएको छ । 


 

प्रकाशित मिति: १८:५१ बजे, आइतबार, साउन १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्