लिग टु क्रिकेट : नेपाल स्कटल्याण्डविरुद्ध १२८ रनमा अलआउट

काठमाडाैं, साउन १ : आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपाल स्कटल्याण्ड विरुद्ध १२८ रनमा अलआउट भएको छ। खराब ब्याटिङकाे कारण नेपाल १२८ रनमा अलआउट हुन पुगेकाे हाे।
ग्लास्कोस्थित टिटवुड मैदानमा स्कटल्याण्डले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ३५.५ ओभरमा सबै विकेट गुमाएर १२८ रन मात्र बनाएको छ।
नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ४० रन बनाए। नेपालको लागि दोस्रो धेरै रन बनाउनेमा कप्तान सन्दीप लामिछाने रहे। दशौँ नम्बरमा ब्याटिङ गरेका उनले २२ रन बनाए।
विनोद भण्डारी १३ तथा देव खनाल र रोहित पौडेल समान १० रन बनाएर आउट भए। स्कटल्याण्डका लागि हम्जा ताहिरले ४, मार्क वाटले ३, गेभिन मेइनले २ तथा क्रिस्टोफर म्याब्रिजले १ विकेट लिए।
प्रकाशित मिति: १८:४८ बजे, आइतबार, साउन १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











