Kathmandu Press

३१ जनामा हैजा संक्रमणकाे पुष्टि

काठमाडाैं, साउन १ : काठमाडौं उपत्यका र आसपासका जिल्लामा ३१ जनामा हैजाकाे संक्रमण पुष्टि भएकाे छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नुवाकोट...
३१ जनामा हैजा संक्रमणकाे पुष्टि

काठमाडाैं, साउन १ : काठमाडौं उपत्यका र आसपासका जिल्लामा ३१ जनामा हैजाकाे संक्रमण पुष्टि भएकाे छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नुवाकोट कंकनीका एक युवकमा हैजा देखिएसँगै संक्रमित संख्या ३१ पुगेको हो।

हैजा देखिएकामध्ये तीन जनाको टेकु अस्पतालमा उपचार भइरहेको छ। अन्य बिरामी भने निको भएर घर फर्किसकेको छन्।

हैजा देखिएकामध्ये १४ वर्षमुनिका ६ जना बालबालिका रहेका छन्। त्यस्तै, १५ देखि २४ वर्षसम्मका ९ जनामा हैजा देखिएको छ। यसैगरी २५ देखि ४४ वर्षसम्मका ७ जना, ४५ देखि ६४ वर्षसम्मका ७ जना र ६५ वर्षभन्दा माथिका एक ज्येष्ठ नागरिकमा पनि हैजा देखिएको छ।

प्रकाशित मिति: १८:०७ बजे, आइतबार, साउन १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्