Kathmandu Press

उपसभामुख भुसालद्वारा पदभार ग्रहण

काठमाडाैं, साउन १ : प्रतिनिधिसभाकी उपसभामुख पुष्पा भुसाल गौतमले पदभार ग्रहण गरेकी छन्।शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाबाट पद तथा...
उपसभामुख भुसालद्वारा पदभार ग्रहण

काठमाडाैं, साउन १ : प्रतिनिधिसभाकी उपसभामुख पुष्पा भुसाल गौतमले पदभार ग्रहण गरेकी छन्।

शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाबाट पद तथा गोपनियताको सपथ लिएपछि उपसभामुख भुसालले सिंहदरबार पुगेर पदभार ग्रहण गरेकी हुन्।

सिंहदरबार पुग्दा उपसभामुख भुसाललाई संसद सचिवालयका कर्मचारीहरुले स्वागत गरेका थिए। पदभार ग्रहण गर्दै भुसालले बाँकी रहेको अवधिमा प्रतिनिधिसभालाई थप प्रभावकारी बनाउनका लागि भूमिका खेल्ने बताइन्।

गठबन्धनबाट उम्मेदवार बन्नुभएकी कांग्रेसकी सांसद भुसालले प्रतिनिधिसभामा भएको निर्वाचनमा एमालेकी उम्मेदवार विद्या भट्टराईविरुद्ध बहुमत प्राप्त गरेकी थिइन्।  

प्रकाशित मिति: १७:३८ बजे, आइतबार, साउन १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्