नवनिर्वाचित उपसभामुख भुसालले लिइन् पद तथा गोपनीयताको शपथ
काठमाडौं, साउन १ : प्रतिनिधिसभाकी नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल (गौतम) ले पद तथा गोपनीयताको शपथ लिएकी छन्।राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आज (आइतबार) आयोजित समारोहमा उनलाई सभामुख...
काठमाडौं, साउन १ : प्रतिनिधिसभाकी नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल (गौतम) ले पद तथा गोपनीयताको शपथ लिएकी छन्।
राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आज (आइतबार) आयोजित समारोहमा उनलाई सभामुख अग्निप्रसाद सापकोटाले शपथ गराएका हुन्।
समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उच्चपदस्थ व्यक्तिहरूको उपस्थिति थियो।
भुसाल गएको शुक्रबार प्रतिनिधिसभा बैठकमा भएको मतदानबाट उपसभामुख पदमा निर्वाचित भएकी थिइन्।
२०७६ माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अहिलेसम्म खाली रहेको उपसभामुखमा कांग्रेस सांसद भुसाल विजयी भएकी थिइन्।
प्रकाशित मिति: १६:५८ बजे, आइतबार, साउन १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)


-1786867986.jpg)