Kathmandu Press

स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पुर्‍याउनुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडाैं, साउन १ : राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पुर्‍याउनुपर्ने बताएकी छन्।चिकित्सा शास्त्र अध्ययन संस्थानको स्वर्ण महोत्सवका अवसरमा आइतबार काठमाडौंमा आयोजित...
स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पुर्‍याउनुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडाैं, साउन १ : राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पुर्‍याउनुपर्ने बताएकी छन्।

चिकित्सा शास्त्र अध्ययन संस्थानको स्वर्ण महोत्सवका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले स्वास्थ्य र शिक्षाकै लागि गाउँबाट सहरमा जानेको सङ्ख्या बढ्न थालेकाले स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पुर्‍याउनुपर्ने बताएकी हुन्।

उनले स्तरीय स्वास्थ्य सेवा सबैले पाउने हक संविधानले सुनिश्चित गरेको भन्दै उहाले स्वास्थ्यकर्मी उत्पादन गर्न विशेष ध्यान दिनुपर्ने धारणा राखिन्। राष्ट्रपति भण्डारीले विज्ञान प्रविधिबाट स्वास्थ्य सेवाले अधिकतम लाभ लिनुपर्ने उल्लेख गरिन्।

रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु जाति भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले विज्ञान प्रविधिबाट स्वास्थ्य सेवाले लाभ लिनुपर्ने विचार व्यक्त गरिन्। 'स्वास्थ्य र शिक्षाकै लागि गाउँबाट सहरमा जानेको सङ्ख्या बढ्न थालेकाले यसतर्फ सरोकार भएका निकायको ध्यान जानुपर्छ, स्तरीय स्वास्थ्य सेवा सबैले पाउने हक संविधानले सुनिश्चित् गरेको छ, संस्थानले पनि दक्ष स्वास्थ्यकर्मी उत्पादन गर्न योगदान गरेर गुन लगाएको छ,' राष्ट्रपति भण्डारीले भनिन्।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले ग्रामीण भेगमा स्वास्थ्य सेवा पुर्‍याउन कठिन भएको उल्लेख गर्दै संविधानमा मौलिक हकका रुपमा स्थापित गरिएको आधारभूत स्वास्थ्यसम्बन्धी हक कार्यान्वयनमा चुनौती थपिएको बताए।

'कोरोनाविरुद्धको खोपमा नेपालले सफलता हासिल गरेको छ, अहिले फेरि कोरोना बढ्न थाले पनि पहिले जस्तो समस्या नहुने गरी स्वास्थ्य पूर्वाधार स्थापना भएको छ, सबै जिल्लामा अक्सिजन प्लान्ट स्थापना भएको छ, हालसम्म कोरोनाबाट ११ हजार ९५२ नेपालीको ज्यान गएको छ,' उनले भने।

मुटुको सर्जरी, कलेजो र मिर्गौला प्रत्यारोपण नेपालमै हुन थालेकाले स्वास्थ्य क्षेत्रमा पनि उल्लेखनीय काम भएको मन्त्री खापुङको भनाइ थियो ।  

त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले संस्थानअन्तर्गत प्रतिदिन बहिरंग सेवामा २ हजार ३ सय र अन्तरंग सेवामा ७ सय जनाले उपचार लिइरहेको जानकारी दिए।

 

प्रकाशित मिति: १६:३१ बजे, आइतबार, साउन १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्