Kathmandu Press

गभर्नर अधिकारीको राजीनामा माग्दै बालुवाटारमा प्रदर्शन

काठमाडाैं, साउन १ : गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै सत्तारुढ दल निकट विद्यार्थीहरुहरुले बालुवाटारमा प्रदर्शन गरेका छन्।गभर्नरलाई कार्यालय प्रवेशमा रोक लगााउने भन्दै नेविसंघ र...
गभर्नर अधिकारीको राजीनामा माग्दै बालुवाटारमा प्रदर्शन

काठमाडाैं, साउन १ : गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै सत्तारुढ दल निकट विद्यार्थीहरुहरुले बालुवाटारमा प्रदर्शन गरेका छन्।

गभर्नरलाई कार्यालय प्रवेशमा रोक लगााउने भन्दै नेविसंघ र अखिल क्रान्तिकारीले बालुवाटारमा गरेको प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो। निषेधित क्षेत्रमा प्रवेश गरेर नाराजुलुस गरेको भन्दै प्रहरीले केहि प्रदर्शनकारीलाई नियन्त्रणमा समेत लिएको छ।

गभर्नर अधिकारी राजनीतिक दलमा आबद्ध भएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन्।  एमालेको अर्थ विभागमा रहेका एम अधिकारी गभर्नर महाप्रसाद नै भएको आरोप लगाउँदै विद्यार्थीहरुले बर्खास्तीको माग गरेका छन्।

अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले एमालेले जाँलझेल गरेर आफ्ना नेतालाई संविधान विपरित गभर्नर पदमा नियुक्त रहेको आरोप लगाए। उनले अधिकारी अबैधानिक रुपमा गभर्नर पदमा बसेका कारण आन्दोलन गर्नुपरेको बताए।

गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य भएको सार्वजनिक भएसँगै अधिकारीको नियुक्तिबारे चौतर्फी बहस भइरहेको छ। 

प्रकाशित मिति: १६:२० बजे, आइतबार, साउन १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्