देशभर थप १३५ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु
देशभर गरिएको १ हजार ४ सय ७३ पिसिआर परीक्षणका क्रममा १ सय १४ जना र १ हजार ५ सय ६८ एन्टिजेन परीक्षणका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
काठमाडाैं, साउन १ : नेपालमा थप १ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको १ हजार ४ सय ७३ पिसिआर परीक्षणका क्रममा १ सय १४ जना र १ हजार ५ सय ६८ एन्टिजेन परीक्षणका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ५३ जनाले ज्यान गुमाइसकेका छन्।
त्यस्तै थप ५९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६८ हजार १६ जना निको भएका छन्। हाल नेपालमा १ हजार ४ सय ३९ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:१७ बजे, आइतबार, साउन १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)