Kathmandu Press

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रचण्डकाे भेट नहुने

काठमाडौं, साउन १ : भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नहुने भएको छ।भारतीय जनता पार्टी (भाजपा)...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रचण्डकाे भेट नहुने
भाजपा अध्यक्ष जेपी नाड्डासँग भाजपा मुख्यालयमा प्रचण्ड।।

काठमाडौं, साउन १ : भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नहुने भएको छ।

भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा गत शुक्रबार तीन दिनका लागि भारत भ्रमणमा गएका उनले भारतीय प्रधानमन्त्री मोदीसँग पनि भेट गर्ने कार्यक्रम थियो।

प्रचण्डले दिल्ली जानुअघि त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा मोदीसँग पनि भेट हुने बताएका थिए।

भ्रमणको अन्तिम दिन आज (आइतबार) प्रचण्डले अध्यक्ष नड्डासँग भाजपा मुख्यालयमा पुगेर भेट गरेका थिए। तर प्रधानमन्त्री मोदीसँग भने भेट नहुने जानकारी उनको सचिवालयले दिएको हो।

‘जसले निम्तो दिनुभएको थियो, उहाँसँग भेट भयो। यो भ्रमणको अन्तिम भेट यही नै हो,’ सचिवालय भन्यो। प्रचण्ड आज साँझ नेपाल फर्किनेछन्।

प्रकाशित मिति: १६:१२ बजे, आइतबार, साउन १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्